थप समाचारसोमबार, माघ २०, २०७०

जलपाइगुढीमा ४ जना जिउँदै जलाइए

हिमालखबर

गाईगोरु चोरी गरेको आरोपमा पश्चिमबंगालको जलपाइगुढी जिल्ला आमबाडी बजार नजिकै चार जनालाई जलाइएको हो । आमबाडी बजारका गाउँलेले १९ माघमा चार जनालाई जलाएर मारेका हुन् ।

उनीहरुमध्ये दुई जनालाई मारुती भ्यानभित्र र अरु दुई जनालाई कुटेर मारे पछि जलाएको सिलिगुढीबाट प्रकाशित नेपाली अखबार हिमालय दर्पणमा उल्लेख छ । भ्यानभित्र एउटा बाछो पनि जलेर मरेको छ ।

मारिने चारैजना भारतको सिमावर्ती बस्तिबाट गाईगोरु बंगलादेश तस्करी गर्ने गिरोहमध्येका हुनसक्ने अनुमान छ । भारतमाभन्दा बंगलादेशमा गाईगोरुको मोल तीन गुणा बढी हुने भएकाले त्यहाँ पशु तस्करी हुने गरेको छ ।

घटनापछि त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । पश्चिमबंगाल प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको जनाएको छ ।

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>