समाचारसोमबार, माघ २०, २०७०
बुहमतीय सरकारबारे कांग्रेसले छलफल गर्ने
राष्ट्रपति रामबरण यादवले दिएको समयावधिभित्र सहमतीय सरकार गठन गर्न संभव नभए पछि कांग्रेसले बहुमतीय सरकार गठनका लागि छलफल थाल्ने भएको हो । कोइराला निवास महाराजगञ्जमा २० माघमा बसेको पदाधिकारी बैठकले बहुमतीय सरकार गठनका लागि छलफल अघि बढाउने निर्णय गरेको छ ।
पदाधिकारी बैठकले बहुमतीय सरकार गठनका लागि पार्टीको आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । बहुमतीय सरकार बनाउन अन्य दलसँग गर्ने वार्ता, शक्ति बाँडफाँड तथा समसामयिक विषयमा छलफल गर्न २१ माघमा केन्द्रीय समिति बैठक बोलाएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले सहमतीय सरकार गठनको समय सकिएको भएपनि काँग्रेसले आफ्नो नेतृत्वमा अधिकतम दलको सहभागिता र सहमतिमा सरकार गठनका लागि पहल गर्ने बताए । काँग्रेसले पार्टीकातर्फबाट संसदीय दलको नेतामा चुनिएका सभापति कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
राष्ट्रपति रामवरण यादवले २० माघमा बहुमतीय सरसकार गठनका लागि दलहरुलाई आह्वान गरिसकेका छन् ।
