थप समाचारमंगलबार, माघ २१, २०७०

पेस्तोलसहित एक भारतीय पक्राउ

हिमालखबर

भारतको बिहार, किशनगञ्ज जिल्लाको बाह्रपोखर पुरन्दर बस्ने ३५ वर्षीय वृषलाल सिंहलाई ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक थान र चार राउन्ड गोलीसहित २० माघ साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भद्रपुर–१ स्थित गौशाला पोखरी टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरू हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलसहितको टोलीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्तको खानतलासी गर्दा पाइन्टभित्र लुकाइराखेको अवस्थामा उक्त हतियार बरामद भएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अघिल्लोसाता भद्रपुरबाटै सुपारी र कपडा तस्करीमा संलग्न भारत किसनगञ्जको एउटै टोलका २०जनालाई पक्राउगरि कारबाही चलाइरहेको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>