समाचारमंगलबार, माघ २१, २०७०
संसदीय दलको नेताका लागि खनाल र ओलीको उम्मेदवारी

एमाले संसदीय दलको नेताका लागि अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले मनोनय दर्ता गराएका छन् ।
खनालको प्रस्तावक माधव नेपाल र समर्थकमा अष्टलक्ष्मी शाक्य छन् भने ओलीको प्रस्तावकमा बामदेव गौतम र समर्थक विष्णु पौडेल छन् ।
संविधानसभामा १७५ स्थानमा जित हासिल गरेको एमालमा नेपाल र गौतमले दुईदुई ठाउँमा जितेका कारण १७३ कुल मतदाता छन् ।
—————————————————————————————-
एमाले संसदीय दलको निर्वाचन हुँदै
एमाले संसदीय दलको नेता चयनका लागि सहमति नभएपछि निर्वाचन हुने भएको छ ।
हिमालखबर
मंगलबार , २१ माघ २०७० २:१४ पम
अन्तिम समयसम्म पनि सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि एमाले नेताहरु निर्वाचन प्रक्रियाका लागि सिंहदरवारस्थित संसदीय दलको कार्यालय पुगेका छन् ।
एमाले केन्द्रीय समितिको केही मिनेट बसेको बैठकले चुनावी प्रक्रियामा जाने निर्णय गरिसकेको छ । बैठकमा अध्यक्ष खनालले सहमति गरेरै जाँदा राम्रो हुने भन्दै अझै सहमतिका लागि प्रयास गरिने बताए ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चुनावी चहल पहल शुरु भइसकको छ । निर्वाचन समितिले ४ बजे मतदान गर्नेगरी कार्यक्रम प्रकाशित गरेको छ ।
एमाले संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल नेता केपी शर्मा ओली दावेदारी प्रस्तुत गरिरहेका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष खनाल एकातर्फ छन् भने केपी ओलीलाई उपाध्यक्ष वामदेव गौतमको समर्थन छ ।
पार्टीको निर्वाचन समितिले दिउँसो दुई बजेदेखि तीन बजेसम्म उम्मेदवारी दर्ता गर्ने र साँझ चारबजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
