समाचारमंगलबार, माघ २१, २०७०

२६ सभासद मनोनयन छिट्टै

हिमालखबर

मन्त्रिपरिषद अध्यक्ष रेग्मीले संविधानसभा बैठक पछि मनोनित सभासदको निर्णय गरिने बताएका हुन् । विराटनगर विमानस्थलमा २१ माघमा पत्रकारसँग कुरा गर्दै उनले अब बस्ने संविधानसभा बैठक लगत्तै २६ सभासदको टुंगो लगाउने बताए ।

उनले भने, “संविधानसभा बैठकमा सहमति भए पछि २६ सभासद मनोनित गरिने छ ।” धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा पत्रकारसँग कुरा गरेका हुन् ।

उनले सभासद मनोनित गर्ने विषयमा दलहरुसँग परामर्श गरिरहेको जानकारी दिए । संविधानसभामा ६०१ सभासदमध्ये २६ जना मन्त्रिपरिषद बैठकले मनोनित गर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>