समाचारमंगलबार, माघ २१, २०७०

कोइराला प्रधानमन्त्रीको उम्मेदवार घोषित

हिमालखबर

कांग्रेसले प्रधानमन्त्री पदका लागि सभापति कोइरालालाई औपचारिक रुपमै अघि बढाएको हो । पार्टी कार्यालय सानेपामा २१ माघमा बसेको केन्द्रीय समिति बैठकले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले कोइरालाको नेतृत्वमा दलहरुको अधिकतम् सहमतिको सरकार निर्माण गर्ने पनि निष्कर्ष निकालेको छ । एक वर्षभित्र संविधान जारी गर्न तथा आर्थिक समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको ठहर गर्दै कांग्रेसले अधिकतम् दललाई सहमतिमा ल्याएर सरकार बनाउने निष्कर्ष निकालेको जनाएको छ ।

कांग्रेसले सरकार गठनका लागि सबै दल र स्वतन्त्र सभासदसँग तत्कालै संवाद अघि बढाउने पनि निर्णय गरेको छ । दलसँग वार्ताका लागि टोली गठन गर्ने जिम्मेवारी बैठकले सभापति कोइरालालाई नै दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>