समाचारमंगलबार, माघ २१, २०७०

अध्यक्ष रेग्मीलाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

हिमालखबर

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति लगायतका विषयमा आन्दोलनरत चिकित्सकहरले सेवा वन्द गरेपछि सञ्चालन गराउन यसअघि जारी भएको आदेश समयमै कार्यान्वयन नभएको भन्दै दायर भएको अपहेलना मुद्दामा न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहितका विपक्षीलाई लिखित कारणसहित उपस्थित हुन २१ माघमा आदेश जारी गरेको छ ।

यसअघि सर्वोच्च अदालतको देशभरका अस्पतालका कुनै पनि सेवा बन्द नगराउन र आदेश प्राप्त भएको एक घन्टाभित्र चिकित्सा सेवा सञ्चालन गराउन अन्तरिम आदेश जारी गरेको दुई दिन बितिसक्दा पनि बन्द र हडताललाई यथावत् जारी राखेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका सदस्य तथा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना, काभे्र जिल्ला निवासी पोषकलाल श्रेष्ठ र अर्का अधिवक्ता सुनिलरन्जन सिंहले संयुक्तरूपमा अदालतको आदेशको अपहेलना गरेको भन्दै मुद्दा दर्ता गराएका थिए ।

त्रिवि शिक्षण अस्पतालमा डिन नियुक्तिको विषयलाई लिएर गत पुस २८ गतेदेखि त्रिवि शिक्षण अस्पतालको बहिरङ्ग सेवा र यही माघ ५ गतेदेखि देशभरका अन्य स्वास्थ्य संस्था बन्द भएपछि ती स्वास्थ्य संस्था तत्काल खुलाउन माग गर्दै दायर भएको रिट निवेदनमा न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ६ माघमा मन्त्रिपरिषद्का अध्यक्ष, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, शिक्षा मन्त्री, गृहमन्त्री, त्रिभुवन विश्वविद्यालयलगायत १६ वटा संस्थाका नाममा सो आदेश जारी गरेको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>