थप समाचारबुधबार, माघ २२, २०७०
घण्टाघर टेलिकमले चलाउने
वीरगञ्जको चिनारीको रुपमा रहेको ‘वीरेन्द्र प्रभात घडी’ घण्टाघर पुनः संचालन गरिने भएको हो । टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा घण्टाघर संचालन गर्ने जिम्मा लिएको हो ।
वीरगञ्ज उपमहानगरपालिकाले घण्टाघर मर्मत र रेखदेखका लागि टेलिकमलाई करारमा दिएको हो । घण्टाघरले दुई दिनभित्र समय देखाउन शुरु हुने टेलिकमको वीरगञ्जस्थित क्षेत्रीय निर्देशनालयले जनाएको छ ।
मर्मत सम्भार नभएर वीरगञ्जस्थित घण्टाघर लामो समयदेखि बन्द छ । टेलिकमले घडी संचालनमा ल्याएपछि घण्टाघर परिसरमा आफ्नो कम्पनीको श्रव्यसहित अन्य विज्ञापन राख्ने जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
