समाचारबुधबार, माघ २२, २०७०

चार दिनअघि मारिएका व्यक्ति ‘मोष्ट वाण्टेड’ रहेको खुलासा

हिमालखबर

१९ माघ राति जिल्ला प्रहरी कार्यालय महोत्तरीको गस्ती टोलीलाई लक्ष्यित गरी सशस्त्र समूहले गरेका गोली प्रहारको प्रतिकारमा मारिएका व्यक्ति जिल्लाकै रामगोपालपुर–१ का असगर जयकावल भनिने जकाउल्ला नदाफ रहेको प्रहरीले पुष्टि गरेको छ ।

मारिएको चार दिनपछि पहिचान खुलेका ३० वर्षीय असगरको शव नजिक प्रहरीले दुई थान पेस्तोल र नेपाल तथा भारतीय गरी चारवटा सिमकार्ड बरामद गरेको थियो ।

नदाफ पछिल्ला पाँच वर्षयता विभिन्न सशस्त्र समूहमा सक्रिय रहँदै आपराधिक गतिविधि सञ्चालन गर्दैआएको र उनीविरुद्ध पाँच वटा अपहरण र एउटा हत्याको अभियोग दर्ता रहेको जिप्रका महोत्तरीले जनाएको छ ।

गत १२ साउनमा महोत्तरी सरपल्लोका विक्रम सहनीको हत्या र वैशाखयता भएका अपहरणका घटनामध्ये पाँचवटामा उनको प्रत्यक्ष संलग्नता भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

असगर प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए । उनको शव २२ माघमा परिवारजनलाई बुझाइएको प्रनाउ रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>