समाचारशुक्रबार, माघ २४, २०७०
रुकुममा झाडापखाला नियन्त्रणमा आएन
जिल्ला अस्पतालका प्रमुख डा भोजराज गौतमका अनुसार पछिल्लो दिनमा मृत्यु हने क्रम रोकिए पनि झाडापखालाका बिरामीहरु आउने क्रम भने राकिएको छैन । बुधबार मात्र जिल्ला अस्पताल सल्लेले ४ जना झाडापखालाका बिरामीलाई नेपालगञ्ज रिफर गरेको छ । अहिले अस्पतालमा ३० जना विरामीहरु उपचार गराइरहेका छन् ।
डाक्टर गौतमका अनुसार झाडापखालाबाट मृत्यु हुने तथा बिरामी पर्नेहरु अधिकांश सदरमुकामकै वासिन्दा रहेका छन् । झाडापखाला प्रकोपकै रुपमा फैलिनसक्ने भएपछि जिल्लाका सबै स्वास्थ्यसंस्थाहरुलाई पनि सर्तक रहन निर्देशन दिईएको अस्पतालले बताएको छ ।
चार बर्ष अघि जिल्लामा महामारीकै रुपमा फैलिएको झाडापखालाका कारण ५० बढीको ज्यान गएको थियो भने हजारौ प्रभाबित भएका थिए ।
लक्ष्मण केसी, रुकुम

