समाचारशुक्रबार, माघ २४, २०७०
खुकुरी प्रहार गरी तीन जनाको हत्या
पाथिभरा–१ की ३५ वर्षीया काली शेर्पा, उनकी ८ वर्षीया छोरी मिङ्किपा र ४ वर्षीया भदैनी ओङ्मु हत्या गरिएको अवस्थामा भेटिएका हुन् । खुकरीले घाँटी रेटी हत्या गरिएको अवस्थामा उनीहरुको शव २३ माघमा भेटिएको प्रहरीले जनाएको छ ।
घरभित्रै हत्या गरी ढोकामा ताला लगाएको अवस्थामा परिवारले उनीहरुलाई फेला पारेको हो । मृतकसँग रहेको पाँच तोला सुन पनि नभएको र मृतकको कान समेत काटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक यमनाथ अधिकारीले बताए ।
तर, उनले घटना कसले र किन गराएको भन्ने पत्ता नलागेको बताए । मृतक शेर्पाकी दुई छोरी मोरङ र एक छोरी सदरमुकाम खाँदबारीमा अध्ययन गरिरहेका छन् भने श्रीमान् रोजकारीका लागि मलेशियामा छन् ।
छेटु शेर्पा, संखुवासभा
