समाचारशुक्रबार, माघ २४, २०७०

राष्ट्रपतिलाई संविधानसभाले चिन्दैनः ओली

हिमालखबर

एमाले संसदीय दलका नेता अ‍ोलीले व्यवस्थापिका संसदमा विशेष समय लिएर राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको प्रक्रिया थाल्न माग गरेका हुन् । २४ माघमा बसेको संसद बैठकमा विशेष समय लिएर ओलीले नयाँ संविधानसभाले अहिलेका राष्ट्रपति र उपराष्ट्रपति नचिन्ने बताए ।

“लोकतान्त्रिक मान्यता अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यो संसदले गर्नुपर्छ,” उनले भने, “पुरानै राष्ट्रपति राख्ने हो भने पनि संसदले अनुमोदन गर्नुपर्छ ।”

उनले लोकतन्त्रको मान्यताविपरीत पुरानै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने अडान कांग्रेसले राख्न नमिल्ने बताए । उनले पहिलो पार्टीको हैसियतले सरकार बनाउने जिम्मा कांग्रेसको भए पनि उसले नसके एमाले तयार रहेको स्पष्ट पारे ।

‘‘पहिलो पार्टीको हैसियतमा कांग्रेसलाई सरकार बनाउन दिन हामी तयार छौ’ उनले भने, ‘तर प्रस्ताव आए सरकारको नेतृत्व गर्न एमालेलाई पनि जनताले म्याण्डेट दिएका छन् ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>