समाचारशुक्रबार, माघ २४, २०७०
कमलरी राख्नेलाई जरिवाना
कमलरी राखेको पाइए पछि खरिदार घिमिरेलाई रु. ३० हजार जरिवाना गरिएको हो । हेकुलीकी १६ वर्षीया सरिता चौधरीलाई दुई महीनादेखि कमलरी राखेको पाइए पछि जरिवाना लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
कमैया श्रम निषेध ऐन, २०५८ मा कमलरी राख्न निषेध गरिएको छ । खरिदार घिमिरे र कमलरी ल्याउन सघाउने जिविसका कार्यालय सहयोगी खुसीराम चौधरीलाई कारवाही गर्न भन्दै मुक्त कमलरी विकास मञ्चले उजुरी दिए पछि जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
कमलरी ल्याउन सघाउने कार्यालय सहयोगी चौधरीलाई रु एक हजार जरिवाना गरिएको छ । शहीद उमेशमार्गमा घर भएकी खरीदार घिमिरेको बच्चालाई आगो बालेर सेकाउने क्रममा कमलरी सरिता जलेर गम्भीर घाइते भएपछि घटना सार्वजनिक भएको थियो ।
देविका घर्ती मगर, घोराही
