थप समाचारशुक्रबार, माघ २४, २०७०
पैंतिस दिनपछि घोराही–लमही सडकखण्ड खुला
दाङको घोराही–लमही सडकखण्डको २४ किमि क्षेत्रमा रहेका पाँच घुम्तीमा आरसी ढलानको काम सम्पन्न भइसकेका कारण अवरुद्ध सडकखण्ड सञ्चालन भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
उक्त सडक बन्द हुँदा घोराहीबाट लमही जाने यात्रुले ९२ किमि थप यात्रा गर्न बाध्य थिए । घोराही र लमहीको दूरी २४ किमि हो ।
विकल्पमा तुलसीपुर–अमिलिया सडक प्रयोग गर्दा यात्रुले थप भाडासमेत तिर्ने गरेका थिए ।
रासस
