थप समाचारशुक्रबार, माघ २४, २०७०

यौन शोषणको आरोपपछि मन्त्रीको राजीनामा

हिमालखबर

जम्मु–कश्मिर राज्यका स्वास्थ्य राज्यमन्त्री शब्बीर अहमद ख़ानविरुद्ध एक महिला डाक्टरले बलात्कार प्रयासको आरोप लगाएपछि आएको चौतर्फी दबाबबाट उनले राजीनामा दिएका हुन् । ती महिलाले मन्त्री खानले आफ्नो च्याम्बरमा बोलाएर बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् ।

स्थानीय प्रहरीले उनको गिरफ्तारीका लागि वारेण्ट जारी गरे पनि पक्राउ भने गरिसकेको छैन । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आरोपी मन्त्री खान आफै अदालतमा उपस्थित हुन जाँदैछन् ।

ति महिला डाक्टरका अनुसार केही दिनअघि मन्त्री खानले उनलाई श्रीनगरस्थित आफ्नो कार्यालयमा आउन भनेका थिए जहाँ उनीमाथि यौन उत्पिडन भयो ।

यो घटना सार्वजनिक भएपछि चिकित्सकहरु र नागरिक समाजले घटनाको निन्दा गर्दै सप्ताहन्तमा एक दिन हडतालको घोषणा गरेका छन् ।

शबीर अहमद खान कांग्रेस पार्टीका हुन् उनी स्थानीय नेशनल कांफ्रेंस सरकारसँग सत्ता साझेदारीमा सामेल छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>