थप समाचारशनिबार, माघ २५, २०७०

काम चोर कर्मचारीको अंक घट्ने

हिमालखबर

कार्यालय समयमा आफ्ना व्यक्तिगत विभिन्न काम लिएर बाहिर निस्कने प्रवृत्ति सरकारी कर्मचारीहरुमा बढेको भन्दै कार्यालयमा कर्मचारीहरुको उपस्थिति गराई कामकाज नियमित बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कर्मचारीहरु बिहान हाजिर गरेर आफ्ना अन्य काममा निस्कने र बेलुका कार्यालयमा फर्केर हाजिर गर्ने प्रवृत्ति देखिएको छ र यही कारण सरकारी कामकाजमा नकारात्मक असर परेको छ ।

प्रधानमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव घनश्याम उपाध्यायले सबै मन्त्रालयका सचिवहरुबीच छलफल गरेर यो व्यवस्था ल्याउने सम्बन्धमा सहमति भइसकेको बताए । उनका अनुसार सो व्यवस्थाका लागि केन्द्रीय निकायमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफँैले अनुगमन गर्नेछ भने जिल्लास्तरमा क्षेत्रीय प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ ।
सहसचिव उपाध्यायले कार्यालयमा नबस्ने तथा लामो समयसम्म बिदा तथा काजमा बस्ने कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा हुने कटौतीले उनीहरुको बढुवा र अन्य वृत्ति विकासका कार्यहरुमा असर पार्ने जानकारी गराए । यस्तो व्यवस्था आगामी साउन महिनाबाट लागू गरिने कार्यालयले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले यही माघ १ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्ला तथा क्षेत्रीयस्तरमा कर्मचारी अत्यन्तै कम बस्ने गरेको देखिएको छ । जिल्लामा रहेकामध्ये आधाभन्दा बढी कर्मचारी विभिन्न बहाना बनाएर काज तथा बिदामा राजधानीमै बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>