समाचारशनिबार, माघ २५, २०७०

सर्वोच्चमा फर्कनेबारे अन्तरात्माले भनेको गर्छुः अध्यक्ष रेग्मी

हिमालखबर

२५ माघमा जनकपुर आएका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारले सफलतापूर्बक आफ्नो कार्य सम्पन्न गरेको भन्दै नयाँ सरकार गठनपछि सर्वोच्च अदालतमा फर्कने वा नफर्कने बारे त्यसबेला आफ्नो अन्तरात्माले जे भन्छ त्यही गर्ने बताएका छन् ।

जनकपुरस्थित जानकी मन्दिरमा पुजअर्चना गरेका अध्यक्ष रेग्मीले आफ्नो कार्यकालको मूल्याड्ढन सुनाउँदै भने, “जुन उद्देश्यले मेरो नेतृत्वमा सरकार गठन भएको थियो त्यो उद्देश्य सफलतापूर्वक सम्पन्न भएको छ ।”

सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले आफू सर्वोच्चमा फर्कने वा नफर्कने भन्ने बारे केही निधो नगरेको बताए ।

उनलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले गुठी सञ्चालक समितिले आफूलाई हटाउन गरेकोे निर्णय खारेज गर्न तथा रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णबमाथि कारबाहीको आग्रहसहितको पत्र बुझाएका छन् ।

जानकी मन्दिर भित्रैको एक कोठामा अध्यक्ष रेग्मी र महन्त दासबीच झण्डै दुई मिनेट कुराकानी भएको थियो । रेग्मी महोत्तरीको औरहीमा आयोजित कार्यक्रममा सहभागी भई आजै राजधानी फर्किने कार्यक्रम छ ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>