थप समाचारशनिबार, माघ २५, २०७०

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको गाडीमा तोडफोड

हिमालखबर

विश्वविद्यालयका समस्या समाधानका लागि आफ्ना मागहरु पूरा नगरेको भन्दै वैद्य माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठको गाडीमा काठमाडौं सिनामङ्गलस्थित सम्पर्क कार्यालय नजिक तोडफोड गरेको छ । उपकुलपति श्रेष्ठ विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँग थप अनुदानका बारेमा बैठकका लागि सम्पर्क कार्यालय जाँदै थिए ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अपीनारायण काफ्लेले चढिरहेको गाडीमा एक्कासि केही युवाले ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको र उनीहरूले सम्पर्क कार्यालयको झ्यालमा पनि ढुङ्गा प्रहार गरेको बताए । घटनामा संलग्न एक विद्यार्थीको मोबाइल टेलिफोन र कापी प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र विकले आफूहरूले विश्वविद्यालयभित्रको अन्योल र अनियमिततालगायत विषयलाई सम्बोधन गर्न १४ माघमा दिएको पन्ध्रबुँदे ज्ञापनपत्रको सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>