समाचारशनिबार, माघ २५, २०७०

डा. भगवान कोइरालाको राजीनामा स्वीकृत

हिमालखबर

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकको पदबाट डा भगवान कोइारालाले २४ माघमा दिएको राजीनामा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले स्वीकृत गरेको छ ।

डा. प्रकाश सायमी डिन भएपछि कार्यकारी निर्देशकमा नियुक्त भएका कोइरालाले डा गोविन्द केसीका मागहरु कार्यान्वयन नगरेको र आफूले पनि काम गर्न वाधा पुर्‍याइएको भन्दै राजीनामा गरेका हुन् ।

सायमीकै कार्यकालमा पनि त्रिवि र सरकारले अस्पताल सञ्चालनमा सहयोग नगरेको र अस्पातलकै केही प्राध्यापकहरुसमेतले असहयोग गरेको भन्दै कोइरालाले राजीनामा दिए पनि पछि  सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएको भने उनको राजीनामा पनि अस्वीकृत गरेको थियो  ।

निर्देशक भएपछि डा कोइरालाले शिक्षण अस्पतालमा व्यापक सुधारको थालनी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>