समाचारआइतबार, माघ २६, २०७०
शिक्षण अस्पतालमा नयाँ निर्देशक नियुक्तिसँगै नारावाजी
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको कार्यकारी निर्देक पदबाट डा भगवान कोइरालाले राजीनामा गरे लगत्तै डा रतिन्द्र केसीलाई निर्देशक बनाएको छ । एकातिर डिन नियुक्तिमा मन्त्रिपरिषदको निर्देशनलाई समेत लत्याउँदै त्रिविले ढिलाई गर्दै आएको छ भने कार्यकारी निर्देशकबाट डा कोइरालाले २४ माघमा दिएको राजीनामा स्वीकृत गरी तत्कालै नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
शिक्षण अस्पतालमा नयाँ निर्देशक रितेन्द्र श्रेष्ठविरुद्ध नाराबाजी भएको छ भने त्यहाँका विद्यार्थी, चिकित्सकहरुले उनलाई कार्यालय प्रवेश गर्नै नदिने बताएका छन् ।
त्रिविले २१ माघमा गठन गरेको डिन खोज समितिमा दीपक महरा र केके वलीसँगै रतिन्द श्रेष्ठ सदस्य थिए । नयाँ डिनको सिफारिसमा पनि डा. केसीको मागभन्दा विपरित र समस्या बल्झाउने किसिमले हुन लागेको भन्दै दीपक महराले समितिबाट राजीनामा गरिसकेका छन्।
