समाचारआइतबार, माघ २६, २०७०

कांग्रेस र एमाले नमिले एमाओवादी सरकारमा सहभागी हुन्छः दाहाल

हिमालखबर

कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्दा शक्ति बाँडफाँडमा कुरा नमिलिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनादेशअनुसार कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्ने भन्दै यदि सरकार निर्माणमा सङ्कट आइपरेमा आफ्नो पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

भरतपुर विमानस्थलमा २६ माघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले शक्ति बाँडफाँडको प्रक्रिया शुुरु भएमा सभामुख पदमा आफूहरुको दाबी रहेको बताउँदै उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ जनादेशअनुसार संविधानसभाले अनुमोदन गर्नुपर्ने जिकिर गरे ।

एमाओवादीले एमालेलाई समर्थन गर्ने भन्ने प्रचारबाजी गलत भएको उनको भनाइ थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>