थप समाचारआइतबार, माघ २६, २०७०
नागढुङ्गा–नौबिसेमा राति सवारी साधन चलाउन नपाइने
राजधानी काठमाडौं पस्ने मुख्य सडक नाका नागढुंगा नौविसे सडक मर्मत भइरहेको भन्दै सरकारले २६ माघखदेखि लागु हुने गरी उक्त सडकमा राति सवारी साधन नचलाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
यसका लागि सडक विभागले आजै ट्राफिक प्रहरी र स्थानीय सुरक्षा निकायलाई आग्रह गरिसकेको छ । विभागको आग्रहअनुसार नागढुङ्गा– नौबिसे सडक खण्ड मर्मतका लागि यातायात व्यवसायीलाई सवारी नचलाउन भनिएको ट्राफिक प्रहरीका प्रवक्ता वसन्तकुमार पन्तले जानकारी दिए ।
नागढुङ्गा–नौबिसे सडक अन्तर्गत एक हजार ५०० भन्दा बढी स्थानमा ढलान गर्नुपर्ने भएको कारणले गर्दा राति सवारी साधन नचलाउन आग्रह गरिएको डिभिजनल इन्जिनियर (डिइ) हरिप्रसाद पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको निर्देशनअनुसार राति सवारी साधन नचलाउन र सडक मर्मतको काम तीव्र पार्न लागिएको हो ।
रासस
