समाचारसोमबार, माघ २७, २०७०
कोइरालाको विपक्षमा १६ दल
एमाओवादी कार्यालय कोटेश्वरमा २७ माघ बिहान बसेको गठबन्धनको बैठकले कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठक पछि एमाओवादी प्रवक्ता दिनानाथ शर्माले १६ दलले कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय जानकारी दिए ।
तर, उनले संविधान निर्माणमा आफूहरुले रचनात्मक सहयोग गर्ने बताए । बैठकमा एमाओवादीले विपक्षमा मतदान गर्ने प्रस्ताव राखेको थियो ।
एमाओवादीलाई तमलोपा, सदभावना, फोरम नेपाल, संघीय समाजवादी पार्टी, फोरम गणतान्त्रिक लगायतले साथ दिने भएका छन् ।
