थप समाचारसोमबार, माघ २७, २०७०

कोइराला प्रजातान्त्रिक आन्दोलनका पर्याय: पौडेल

हिमालखबर

कोइराला लार्इ प्रधानमन्त्री बनाउन भूमिका खेलेकामा उनले एमालेसहितका दलहरूलार्इ धन्यवाद दिंदै कोइराला व्यक्तिमात्र नभई प्रजातान्त्रिक आन्दोलनको पर्याय समेत भएको बताएका छन् ।

“अग्रगमन भन्दै गर्दा हामी कहाँ पुगेका छौं, हामीले छातिमा हात राखेर आत्मसमिक्षा गरौं,” उनले एमाओवादीप्रति लक्षित गर्दै भने, “चुनाव भएको हप्ता दिनभित्र देशले सरकार पाउँथ्यो तर, हामीले परिर्वतनका नाममा के गर्यौंस, यसको समिक्षा हुनुपर्छ ।”

चुनावको परिणाम सार्वजनिक भएको लामो समयसम्म पनि सरकार बन्न नसक्नु दर्भाग्य भएको पौडेलको भनाई थियो ।

————————————————————————————————————————-

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने: कोइराला

व्यवस्थापिका संसदको बैठकमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेसँगै कांग्रेस सभापति सुशील कोइरालाले आफू गौरवान्वित भएको बताएका छन् ।

सोमबार , २७ माघ २०७० १२:३२ पम

संसदमा लिखित भाषण गरिरहेका कोइरालाले अघिल्लो संविधानसभामा भएका सहमतिहरुको स्वामित्व वर्तमान संविधानसभाले ग्रहण गर्नुपर्ने बताएका छन् ।

कोइरालाले एक वर्षभित्र संविधान निर्माण गर्ने भन्दै देश गम्भीर र संवेदनशील अवस्थामा रहेकाले संविधान निर्माणमा सबै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले आफ्नो नेतृत्वमा गठन हुने सरकारले भ्रष्टाचारविरूद्द शून्य सहनशीलताको नीति लिने बताए ।

भारत र चीनका साथै अन्तराष्ट्रिय समूदायबाट दिइने सहयोग बृद्धिको अपेक्षा गरेको भन्दै कोइरालाले नयाँ सरकारको पहिलो प्राथमिक गरीबी निवारण हुने पनि बताए ।

उनले देशमा आर्थिक विकासलाई तीव्रता दिएर उच्च आर्थिक बृद्दिदर हासिल गर्नु आवश्यक रहेको भन्दै थपे, “बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको भए पनि संविधानसभा भएका अधिकतम दलहरुको सहभागितामा सरकार निर्माण गर्न चाहन्छौं ।”

उनले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सक्दो प्रयास गरे पनि त्यसो हुन नसकेको बताए ।

दलहरुबीच सहमति, सहकार्य र एकतबाट मात्र मुलुकले प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्न सकिने उनको भनाई छ ।

————————————————————————————————————————-

संसद बैठक शुरु, केही बेरमै प्रधानमन्त्रीको निर्वाचन

नयाँ प्रधानमन्त्री चयन गर्नका लागि व्यवस्थापिका संसदको बैठक शुरु भएको छ ।

सोमबार , २७ माघ २०७० १२:०० पम

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक शुरु भएको छ । प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति सुशील कोइराला एकमात्र उम्मेदवार छन् ।

उनका पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नेकपा संयुक्तले मतदान गर्ने घोषणा गरिसकेका छन् ।

————————————————————

केही बेरमै प्रधानमन्त्रीको निर्वाचन, कार्यसूची प्रकाशित

केही बेरमै व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि हुने निर्वाचनको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

हिमालखबर

सोमबार , २७ माघ २०७० ११:३० पम

व्यवस्थापिका संसदले प्रकाशित गरेको कार्यसूची अनुसार वैठक शुरु भएपछि प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशिल कोइरालाले सदनमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेपछि प्रस्तावक कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थक एमाले संसदीय दलका नेता केपी ओलीले मन्तव्य राख्नेछन् ।

त्यसलगत्तै संसदको अध्यक्षता गरिरहेका सूर्यबहादुर थापाले कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने छन् ।

कांग्रेस र एमालेले आफ्ना सभासद्लाई कोइरालाको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसका छन् ।

संसद बैठकमा सहभागी हुन सभासदहरुसहित मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र अन्य मन्त्रीहरुसमेत संविधानसभा भवन नयाँ बानेश्वर पुगेका छन् ।

कोइराला नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि १ चैत २०६९ मा गठन भएको प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विस्थापित हुनेछ ।

रेग्मी नेतृत्वको सरकारले ४ मंसीर २०७० मा संविधानसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यसको करिब तीन महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>