समाचारबिहीबार, साउन २५, २०६९

जनजाति पार्टी घोषणा भएन, असोजमा हुने दाबी

हिमालखबर

नेकपा एमालेबाट राजीनामा दिएर बसेका जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाले १५ असोजमा मात्रै पार्टी घोषणा हुने जानकारी दिए । प्रस्तावित घोषणापत्र भने काठमाडौंस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । समाजशास्त्री कृष्णबहादुर भट्टचनले प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको ६ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमाले संस्थापनसँग असन्तुष्ट आदिवासी समुदायका उच्चतहका नेताहरु भने कार्यक्रममा उपस्थित भएनन् । गएको असार तेस्रो साता धुम्बाराहीमा आयोजित राजनीतिक सम्मेलनमा कार्यपत्र बनाउनेहरु मध्ये पनि सबै नेताहरु कार्यक्रममा आएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>