समाचारबिहीबार, साउन २५, २०६९

१६९ उच्च माध्यमिक विद्यालयलाई सम्बन्धन

हिमालखबर

परिषद्ले यस वर्ष १२७ वटा सामुदायिक विद्यालय र ४२ वटा निजी विद्यालयलाई उच्च माध्यमिक तह सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गरेको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले जानकारी दिए । परिषद्अर्न्तर्गत हाल दुई हजार ६२६ र ९२६ संस्थागत गरी तीन हजार ५५२ वटा उच्च माध्यमिक विद्यालय सञ्चालनमा रहेको जनाएको छ ।

परिषद्ले हाल कक्षा ११ र १२ मा गरी १३८ वटा विषयमा अध्ययन गराएको र समयानुसार विषयहरु थप गर्दै लैजाने भएको जनाएको छ । यस वर्ष परिषद्ले संगीत, न्याय, रचना र व्याकरण विषयको नयाँ पाठयक्रम तयार गरी लागू गरिसकेको र यस वर्षनै नृत्य, होटल म्यानेजमेन्ट, पत्रकारिता विषयको पाठयक्रम परिमार्जन एवं व्यावसायिकतर्फचलचित्र, कानून र खेल विज्ञान विषयको नयाँ पाठयक्रम तयार गर्न लागेको बताएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>