समाचारमंगलबार, माघ २८, २०७०

डिन नियुक्त गरी चौबिस घण्टाभित्र जानकारी दिन प्रधानमन्त्रीको निर्देशन

हिमालखबर

२८ माघ साँझ प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि पदाधिकारीलाई  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार प्रधानमन्त्री कार्यालयबाट त्रिवि कार्यकारी परिषदलाई संस्थानमा डिन नियुक्त गरी २४ घण्टाभित्र जानकारी दिन पत्र पठाइसकिएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि आजै सरकारी वार्ता टोली र अान्दोलनरत चिकित्सकहरुबीच हुने भनिएको वार्ता पनि स्थगित भएको वार्ता टोलीका संयोजक समेत रहेका सचिव बास्कोटाले जानकारी दिए ।

संस्थानमा वरिष्ठताका आधारमा चाँडै डिन नियुक्तिलगायतका माग राखी शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी चार दिनदेखि अनशनमा छन् । डिन नियुक्तिलगायतका माग राखी उनी अनसन बसेको यो चौथो पटक हो ।

त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्यीय ‘खोज समिति’ बनाए पनि समिति सदस्यहरुमाझ कुरा नमिलेपछि सदस्य दीपक महराले राजीनामा दिइसकेका छन् ।

——————————————————————————————————————
सरकार र चिकित्सकबीच वार्ता हुँदै
सरकार र आन्दोलनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का चिकित्सकबीच वार्ता हुँदैछ ।

मंगलबार , २८ माघ २०७० ६:३० पम

शिक्षण अस्पतालका आन्दोलनरत चिकित्सकहरुसँग सरकारद्वारा गठित वार्ता टोलीले वार्ता गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशन पछि वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटाले फोन गरी वार्ताका लागि बोलाएका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को समस्याबारे वार्ता टोलीले ब्रिफिङ गरे पछि प्रधानमन्त्री कोइरालाले तत्कालै वार्ता गर्न निर्देशन दिएका हुन् । वार्ता २८ माघमै हुने मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरी बास्कोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

अनशनरत प्राडा गोविन्द केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक संघ, प्राध्यापक संघ, रेसिडेन्सियल डक्टर्स एसोसिएसन र मेडिसिन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा छन् ।

उनीहरुको २७ माघमा बसेको संयुक्त बैठकले केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेकका ओपीडी सेवाहरु बन्द गरेका छन् । उनीहरुले केसीको माग २४ घण्टाभित्र पूरा गर्न पनि अल्टिमेटम दिएका छन् ।

केसीलाई अनशन तोडाउन यस्तो सहमति भएको थियो (पूर्ण पाठसहित)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>