समाचारबुधबार, माघ २९, २०७०

संविधानसभा नियमावली बनाउन ४९ सदस्यीय समिति गठन

हिमालखबर

संविधानसभाको २९ माघमा बसेको बैठकलेसंविधानसभा नियमावली बनाउन ४९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । संविधानसभाको काम कारवाही, विभिन्न समिति गठन तथा संसदको हैसियतमा नियमित व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यविधिको सम्बन्धमा आवश्यक व्यवस्था गर्ने कार्यका लागि नियमावलीहरुको मस्यौदा बनाइन लागिएको हो ।

मस्यौदा समितिमा अतहर कमाल मुसलमान, अम्बिका बस्नेत, आनन्दप्रसाद ढुङ्गाना, ओनसरी घर्ती, एकनाथ ढकाल, कर्णबहादुर थापा, कुमार खड्का, कुन्तीकुमारी शाही, कृष्णभक्त पोखरेल, गोपाल दहित, चन्देश्वर झा, जयदेव जोशी, जयन्तीदेवी राई, जीवन परियार, जितेन्द्रनारायण देव, डिम्पलकुमारी झा, धर्मेन्द्रकुमार साह तेली, नरहरि आचार्य र नरेन्द्र साह कलवार सदस्य छन् ।

यस्तै, प्रभु साह, प्रेमबहादुर सिंह, प्रेम सुवाल, विश्वेन्द्र पासवान, बृजेशकुमार गुप्ता, भीमबहादुर रावल, भीष्मराज आङ्देम्बे, मदनकुमारी शाह र महेश आचार्य पनि समितिमा सदस्य छन् । सभासद् मीना पुन, मेघराज नेपाली (निषाद), रमेश लेखक, राधादेवी तिमिल्सिना, रामकुमार राई, रामकृष्ण यादव, रामनारायण विडारी, रुकमिणी चौधरी, रेवतीरमण राजभण्डारी, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण, लालबाबु राउत, लोकमणि ढकाल, विक्रमबहादुर थापा, शक्तिबहादुर बस्नेत, शिवकुमारी गोतामे सार्की (नगरकोटी), शिवचन्द्र चौधरी, शिवलाल थापा, सरिताकुमारी यादव, सुनीलबहादुर थापा र हरिचरण साहसमेत मस्यौदा समितिमा छन् ।

संविधानसभाको कामकारबाहीलाई अझ बढी प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत गर्ने र नियमावली पारित गर्ने अवस्थासम्ममा आइपर्ने अन्य कार्यहरु समेत गर्ने जिम्मेवारी समितिको कार्यक्षेत्रभित्र पर्छ ।समितिका सदस्यहरुले आफूमध्येबाट एक जना सभापति चयन गर्ने तथा समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने समितिको कार्यविधि तोकिएको छ ।

संविधानसभाको अर्को बैठक ४ फागुन दिउँसो १ बजे बस्ने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>