समाचारशुक्रबार, साउन २६, २०६९
मेसिनगन र ५९ थान गोलीसहित एक पक्राउ
प्रहरी निरीक्षक प्रकाश मल्लको नेतृत्वमा गएको टोलीले घर्तीको साथबाट मेसिनगन त्यसमा प्रयोग हुने ५५ थान गोली र एसएलआरमा प्रयोग हुने ४ थान गोली बरामद गरेको हो । पक्राउ परेका घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याइएको छ । अनुसन्धान जारी रहेको तथा उनलाई थप बिबरण सहित २७ साउनमा सार्वजनिक गरिने प्रहरी नायब उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिए ।
देविका घर्ती मगर, दाङ
