समाचारबुधबार, माघ २९, २०७०
आईओएममा नयाँ डिन नियुक्त, डा. रतिन्द्र श्रेष्ठ बर्खास्त
त्रिवि कार्यकारी परिषदको २९ माघमा बसेको बैठकले वरिष्ठताको आधारमा अस्पतालका ईएनटी विभाग प्रमुख डा. श्रीवास्तवलाई नयाँ डिन नियुक्त गरेको परिषद् स्रोतले हिमालखबरलाई जानकारी दिएको छ ।
वरिष्ठताको आधारमा डिन नियुक्ति लगायतकामा माग राखेर आईओएमका प्रा.डा गोविन्द केसीले आमरण अनसन गरेका छन् । यसअघि डिन नियुक्तिमा आनाकानी गर्दै आएको परिषद्ले प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टे अल्टिमेटम दिएपछि नयाँ श्रीवास्तवलाई नियुक्त गरेको हो ।
यसैबीच परिषदले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको निमित्त कार्यकारी निर्देशकबाट डा. रतिन्द्र श्रेष्ठलाई वर्खास्त समेत गरेको छ । परिषदले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपनिर्देशक डा. इश्वर लोहनीलाई दिने निर्णय गरेको छ ।
