थप समाचारबिहीबार, फाल्गुण १, २०७०
लोडसेडिङले गर्दा औद्योगिक उत्पादनमा ७० प्रतिशतले कमी
उद्योगहरुमा एकदिनमा ९ घण्टामात्र विद्युत आपूर्ति भइरहेको र त्यसले उत्पादनमा भारी गिरावट ल्याएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् ।
औद्योगिक क्षेत्रमा रहेकासाना तथा ठूला गरी ४ सय उद्योगहरु लोडसेडिङ्गको मारमा परेर ३३ प्रतिशत मात्र उत्पादन गरिरहेको गुप्ताले जानकारी दिए ।
अहिले खर्च धान्न पनि धौ धौ भइरहेको भन्दै गुप्ताले यस्तै अवस्थामा रहेमा थप उद्योगहरु बन्द हुने बताए ।
उद्योगहरुको उत्पादन घटेपछि दैनिक १ अर्ब रुपैंयाभन्दा बढीको घाटा भइरहेको गूप्ताले दाबी गरे ।
बारा–पर्सा उद्योग करिडोरलाई लोडसेडिंङ्गबाट मुक्त गर्न माग गर्दे आइरहेका व्यवसायीहरु जेनरेटरबाट विद्युत आपूर्ति गर्दा लागत खर्च झन बढ्ने र त्यसको भार उपभोक्तालाई नै पर्ने बताउँछन् ।
बिम्मी शर्मा
