थप समाचारबिहीबार, फाल्गुण १, २०७०
२८ प्रहरीलाई कारबाही
प्रहरी शुद्धीकरण अभियानअन्तर्गत कार्यालयले २८ प्रहरीमाथि विभिन्न कारबाही गरेको हो । कार्यालयले सात महीनाको अवधिमा नोकरीबाट हटाने, निलम्बन, तलब वृद्धि रोक्का, पदोन्नति, नसिहत लगायतका कारबाही गरेको जनाएको छ ।
कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्म छन् । कार्यालयले दुई प्रहरी जवानलाई नोकरीबाट हटाएको छ भने दुई जनालाई निलम्बन गरेको छ । कार्यालयका अनुसार तीन सहायक प्रहरी निरीक्षक, ६ प्रहरी हवल्दार र आठ प्रहरी जवानलाई नसिहत तथा एक जना प्रहरी हवल्दारलाई प्रहरी जवानमा घटुवा गरिएको छ ।
एक प्रहरी हवल्दारलाई एक वर्ष तलब वृद्धि रोक्का, दुई प्रहरी जवानको पाँच वर्ष पदोन्नति रोक्का, दुई प्रहरी जवानको तीन वर्ष पदोन्नति रोक्का र एक प्रहरी जवानको एक वर्ष पदोन्नति रोक्का गरी कारबाही गरिएको कार्यालयले जनाएको छ ।
रासस
