समाचारबिहीबार, फाल्गुण १, २०७०

सातबुँदे बाहेक एमालेसँग अरु सहमति भएकै छैनः महत

हिमालखबर

तस्वीरः सविता श्रेष्ठ/चितवन

बिना विभागीय मन्त्री महतले एमालेसँग सातबुँदे सहमति बाहेक अरु कुनै सहमति नभएको दावी गरेका हुन् । चितवनमा शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको १ फागुनमा उदघाटन गर्दै उनले गृह मन्त्रालयलाई एमालेलाई दिने कुनै सहमति नभएको दोहोर्‍याए ।

उनले भने, “गृह मन्त्रालय कसले लिने भन्ने बारे थप छलफल हुनेछ ।” तर, उनले एमालेले राखेको अडान अस्वभाविक नभएको बताए ।

“पार्टीका आ–आफ्ना अडान हुन्छन्,” उनले भने, “त्यसैले, एमालेले राखेको अडान अस्वभाविक होइन ।” उनले एमाले सरकारमा सहभागी हुने पनि विश्वास व्यक्त गरे ।

उनले एक वर्षभित्र संविधान निर्माण भइसक्ने दावी गरे । “एक वर्षभित्र संविधान बनेर जारी हुन्छ, ढुक्क हुनुहोस्,” उनले भने ।

उनले ६ महीनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने पनि बताए । उनले स्थानीय निकायको निर्वाचनले संविधान निर्माणमा कुनै असर नपार्ने पनि दावी गरे ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>