समाचारशनिबार, साउन २७, २०६९
सरकारविरुद्ध जनआन्दोलन गर्ने एमाले अध्यक्षको चेतावनी
राजधानीमा २७ साउनमा आयोजित एमाले नारायणी अञ्चल सम्पर्क कमिटीको दोस्रो प्रतिनिधि बैठकमा खनालले एमाओवादी र मधेशवादीको अधिनायकवादी शासनको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले सहमतिको आधार बनाउन सरकारको राजीनामा पहिलो र्सत भएको बताए ।
अध्यक्ष खनालले सहमति नभई सरकार नछोड्ने हो भने देश असफल हुने उल्लेख गरे । उनले सहमतिका आधारमा अधिकार सम्पन्न सरकारले मात्र २०६२/०६३ को जनक्रान्तिका उपलब्धिलाई रक्षा गर्न एमाले मात्र सक्षम पार्टी रहेको दाबी गरे ।
एमाओवादी र मधेशवादी दलहरुले देश गम्भीर संवैधानिक सङ्कटमा धकेलेको आरोप लगाउँदै एमाले अध्यक्ष खनालले भने, “संवैधानिक निकाय खाली हुने अवस्थामा छन्, बजेट आएको छैन, यस्तो अवस्थामा सहमति जरुरी छ ।”
कार्यक्रममा मकवानपुर जिल्लाका पत्रकार रामकुमार एलनलाई सम्मान पत्रसहित रु. पाँच हजारले सम्मान गरिएको थियो । नारायणी अञ्चल सर्म्पर्क कमिटीका सहसंयोजक तथा पार्टी वैकल्पिक पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी, सर्म्पर्क कमिटीका अध्यक्ष नमराज तिमल्सिना र उपाध्यक्ष उज्वल अधिकारीले जनताको संविधान निर्माणका लागि अभियानसहित जनतामा जानुपर्नेमा जोड दिए । रासस
