थप समाचारशुक्रबार, फाल्गुण २, २०७०
व्यवसायी श्रेष्ठको निधन
मनकामना केबलकारका सञ्चालक व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह तथा मृगौलाको रोगबाट पीडित श्रेष्ठको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा १ फागुन साँझ निधन भएको हो ।
उनको शब आज काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । ३ छोरा र एक छोरीका बाबु श्रेष्ठले केबुलकार बाहेक निर्माण, जलविद्युत र वित्तीय क्षेत्रमा पनि लगानी गर्दै आएका थिए ।
