थप समाचारशुक्रबार, फाल्गुण २, २०७०
दुर्घटनामा एकको मृत्यु, ३१ जना घाइते
महेन्द्रनगरबाट काठमाडौंका लागि हिँडेको ना४ख १०९१ नम्बरको यात्रुवाहक बस २ फागुन बिहान
रोकिराखेको ना४ख ३९०० नम्बरको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मृत्यु हुने व्यक्तिको नाम, ठेगाना खुल्न नसकेको प्रहरी उपरीक्षक बिष्णुहरि गौतमले जानकारी दिए । दुर्घटनामा गम्भीर पाँच घाइतेलाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
रासस

