समाचारशुक्रबार, फाल्गुण २, २०७०
चिकित्सकद्वारा संविधानसभा घेराउ
प्राडा केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक, विद्यार्थी र उनका समर्थकहरुले संविधानसभा भवन अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजधानीस्थित माइतीघर मण्डलाबाट जुलुश प्रदर्शन गर्दै संविधानसभा भवन नयाँ बानेश्वर पुगी केही बेर घेराउ समेत गरेका छन् ।
१४ फेब्रुअरी भ्यालेन्टाइन डेका दिन जुलुश प्रदर्शन गरेका चिकित्सकहरुले हातमा गुलाब बोकेरै संविधानसभा सदस्यहरुलाई केसीका मागप्रति ध्यानाकर्षण गराएका हुन् ।
चिकित्सकहरुको प्रदर्शनमा सर्वसाधारणले पनि ऐक्यवद्धता जनाएका छन् ।
केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक संघ, प्राध्यापक संघ, रेसिडेन्सियल डक्टर्स एसोसिएसन र मेडिसिन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा छन् ।
उनीहरुको २७ माघमा बसेको संयुक्त बैठकले केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेकका ओपीडी सेवाहरु बन्द गरेका छन् ।
देबकी विष्ट
