समाचारशुक्रबार, फाल्गुण २, २०७०

सम्मानजनक साझेदारी भए मात्र सरकारमाः पोखरेल

हिमालखबर

एमाले महासचिव पोखरेलले सम्मानजन साझेदारी भए मात्र सरकारमा सहभागी हुने जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल धनुषाले २ फागुनमा जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उनले गृह मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयहरु दिन भएको समझदारीमा काँग्रेसको बुझाइ नमिलेर विवाद उत्पन्न भएको बताए ।

उनले भने, “कांग्रेस सम्मानजनक राजनीतिक साझेदारीमा आउनुपर्‍यो या त सरकार चलाउने आँट गर्नुपर्‍यो ।” उनले सहमतिका बेला वरिष्ठ नेता माधव नेपाल दिल्लीमा र नेता भीम रावल अछाममा भएकाले गृह मन्त्रालय दिने सहमतिबारे थाहा नभएको टिप्पणी गरे ।

सम्मानजनक साझेदारी नबनेसम्म एमालेले सरकार बाहिर बसेर गुणदोषका आधारमा सरकारलाई सहयोग गर्ने बताए । “भएका सहमतिलाई बेवास्ता गरी अङ्क गणितीय खेलमा लागे कांग्रेसकै लागि दुर्भाग्य हुन्छ,” उनले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>