थप समाचारशुक्रबार, फाल्गुण २, २०७०

एमाओवादीले आफ्ना सभासद्बाट मासिक १२ हजार लेवी लिने

रासस

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा २ फागुनमा बसेको बैठकले लेवी उठाउने निर्णय गरेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । अघिल्लो संविधानसभामा एमाओवादीले प्रत्येक सभासद्बाट जनही रु १० हजार लेवी लिने गरेको थियो ।     ८०  सभासद्बाट पार्टीले मासिक रु नौ लाख ६० हजार रकम उठाउनेछ ।

यस्तै बैठकले संसदीय दलको विधान परिमार्जनको लागि सभासद् हितराज पाण्डेको संयोजकत्वमा एक कार्यदल र आचारसंहिता चयन गर्नका लागि सभासद् डोरप्रसाद उपाध्यायको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ । पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा रेखा शर्मा, डिआर पौडेल, जाकिर हुसेन र उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमा जेबी टुहुरे, सत्यनारायण भगत र सीता नेपाली रहेका छन् ।

यसैगरी संविधानसभा र व्यवस्थापिका –संसद्मा गठन हुने विभिन्न समितिमा बस्न चाहने सभासद्हरूलाई फर्म भरेर ल्याउन समेत निर्देशन दिएको एमाओवादी सभासद् अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहालले दलको उपनेतामा बस्न नेता डा बाबुराम भट्टराईलाई आग्रह गर्नुभए पनि उहाँले अस्वीकार गर्नुभएको बुझिएको छ । एमाओवादीले संसदीय दलको नेता चयन गरेपनि उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको पदमा भने कोही पनि चयन भएका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>