समाचारशनिबार, फाल्गुण ३, २०७०
अनशन तोड्दै डा केसी
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्वायत्तता, त्रिवि पदाधिकारीको वर्खास्तगी र डिन नियुक्तिलगायतका माग राखी चौथो पटक आमरण बसेका प्राडा गोविन्द केसीले ३ फागुनमा अनशन तोडने भएका छन् ।
आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएपछि चिकित्सक र विद्यार्थीहरुसँग सल्लाह गरेर आज अनशन तोड्न सक्ने डा केसीले बताए ।
डा. केसीले उठाएका मागलाई ‘कुनै न कुनै रूपमा सम्बोधन गरिसकेको’ भन्दै शिक्षा मन्त्रालयले २ फागुनमा केसीलाई अनशन तोड्ने आग्रहसहितको पत्र पठाएको थियो । डा केसीले सरकारका तर्फबाट प्राप्त भएको पत्र सबैलाई पढेर सुनाउने र उनीहरुको मञ्जुरी भएमा अनशन तोड्न तयार रहेको बताएका छन् ।
त्रिविले चारवटा मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन प्रक्रिया शुरु गरेको भनेर त्रिवि पदाधिकारीहरु विरुद्ध छानविनका लागि सरकारले अख्तियारलाई निर्देशन दिएको छ । त्यसैगरी आइओएमलाई स्वयत्तता दिन २१ दिनभित्र विश्वविद्यालय सभा बोलाउने सहमति पनि भएको छ।
त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न भने कानूनी रुपमा नमिल्ने भएकोले को बर्खास्तगी भने कानूनी आधारमा तत्काल सम्भव नभएकाले अहिलेलाई विगतमा पूर्व शिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा गठित समितिले आइओएम पदाधिकारीले गरेको अनियमितता छानविन गरी दोषिलाई कार्वाही गर्न गरेको सिफरिसमा त्रिविले कुनै कार्वाही नगरेको भन्दै पदाधिकारीहरुसँग स्पष्टिकरण माग्ने सहमति भएको छ ।
