समाचारशनिबार, फाल्गुण ३, २०७०
मन्त्रालय भागवण्डामा विवाद गर्नु गलतः नेता नेपाल
साँखु जेसिजको कार्यक्रमलाई सुन्दरीजलमा सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षपछि सबै पदमा नयाँ निर्वाचन गर्ने सहमति भइसकेपछि सानातिना विवाद गरेर बसिरहन नहुनेमा जोड दिएका छन् । उनले भने, “संविधान जारी नगरेसम्म देश सङ्क्रमणमा रहन्छ, देशलाई सङ्क्रमणबाट मुक्त गराउन नै जनताले कांग्रेस र एमालेलाई विश्वास गरेका हुन् ।”
कार्यक्रममा सभासद् रामेश्वर फुयाँलले दोस्रो संविधानसभा निर्वाचनबाट जनताले कांग्रेस र एमालेलाई मिलेर जानमत दिएकाले विवादमा अल्झिन नहुने बताएका थिए ।
