समाचारआइतबार, साउन २८, २०६९

सरकारी कार्यालय नै अवैध भवनमा

रासस

लहान नगरपालिका कार्यालयले नगरपालिकाभित्र रहेका सरकारी कार्यालयलाई कार्यालय रहेको भवनको सात दिनभित्र नक्सा पास गराउन पत्र काटेपछि यस्तो रहस्य खुलेको हो । यसरी नक्सा पास नगर्राई निर्माण गरिएका भवन निजी र सरकारी दुवै क्षेत्रका छन् । नक्सा पास नगर्राई निर्माण गरिएको सरकारी भवनमा सञ्चालित कार्यालयमा इलाका प्रशासन कार्यालय लहान, वडा प्रहरी कार्यालय, लहान ब्यारेक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात कार्यालय, मालपोत कार्यालय, जिल्ला वन कार्यालय, आन्तरिक राजस्व कार्यालय छन् ।

यसैगरी पूर्वाञ्चल सडक डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भूमिगत जलस्रोत विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पशु प्रजनन कार्यालय , मत्स्य विकास केन्द्र, यान्त्रिक कार्यालय, प्राविधिक शिक्षालय, नेपाल खाद्य संस्थान, नेपाल टेलिकम, नेपाल विधुत प्राधिकरण, कृषि सामग्री संस्थान, लहान नगरपालिका, साल्ट ट्रेडिङ, खानेपानी संस्थान, नेशनल टे्रडिङ, नेपाल बै‌क लिमिटेड रहेका भवनको पनि नक्सा पास नभएको बुझिएको छ ।

यस्तै निजी भवनमा सञ्चालित कार्यालयमा नापी शाखा, सहकारी डिभिजन, साझा प्रकाशन, जनकपुर चुरोट कारखाना लि., राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र बंैकिङ कार्यालयको पनि भवनको नक्सा पास नभएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।  नगरपालिकाभित्र कुनै पनि पक्की भवन निर्माण गर्दा नगरपालिकाबाट  नक्सा पास गराउनुपर्ने सरकारी नियम छ  तर उक्त नियमलाई वेवास्ता गरी ती कार्यालयले आफ्ना कार्यालय सञ्चालन गरिरहेको लहान नगरपालिकाका प्रमुख रामकुमार महतोले बताए । अटेर गरिरहे सात दिनपछि कारबाही प्रक्रिया अगाडि बढाउने महतोले जानकारी दिए ।

राजु विश्वकर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>