थप समाचारशनिबार, फाल्गुण ३, २०७०
चट्याङले पाल्पामा एकको मृत्यु
चट्याङमा परेर घाइते भएका कचल–१ पाल्पाका ६१ वर्षीय कर्णबहादुर सुनारीको ३ फागुनमा मृत्यु भएको हो । सुनारीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । कचल–१ का घाइते पाँच जनाको उपचार चलिरहेको छ ।
यस्तै बन्दीपोखरा–३ मा परेको चट्याङबाट घाइते लक्ष्मी कार्कीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।
देव पचभैया, पाल्पा
