समाचारआइतबार, साउन २८, २०६९
‘प्रधानमन्त्रीको भागबण्डा लगाउने काम दाहालको होइन’
नेपाल प्रेस युनियन चितवनले २८ साउनमा नारायणगढमा गरेको ‘चिजकुमार-विष्णुकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै कोइरालाले एमाओवादीलाई गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिंड्ने अधिकार नभएको बताए । २७ साउनमा ललितपुरको एक कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले अहिलेकै अवस्थामा आफूहरुलाई कांग्रेस नेतृत्व अस्वीकार्य भएको धारणा राखेका थिए ।
दाहालको भनाइप्रति आक्रोशित सभापति कोइरालाले भने, “राष्ट्रसंघले प्रधानमन्त्री बनाउने जिम्मा पुष्पकमल दाहाललाई दिएको छैन ।” एमाओवादीले विगतमा गरेका सहमतिहरु पालना नगरेको कोइरालाको भनाइ थियो ।
कोइरालाले पुरस्कृत पत्रकारद्वय हरिहर विरही र तारानाथ दाहाललाई जनही रु २५,५५५ प्रदान गरे ।
