समाचारआइतबार, साउन २८, २०६९
एआइजी कुबेरसिं रानाविरुद्धको रिट खारेज
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले २८ साउनमा रानाविरुद्धको रिट खारेज गरेको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । एसएसपी र डिआइजीमा बढुवा हुँदा पनि रानामाथि कुनै कारबाही अघि नबढाइएको तथा रिट निवेदकलाई बढुवाबाट कुनै हानी नोक्सानी नभएको भन्दै रिट खारेज गरिएको हो ।
मानवअधिकार उल्लंघनको घट्नामा संलग्न रहेको भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले १३ असार २०६८ मा एआइजी रानाविरुद्ध रिट दायर गरेको थियो । ८ असार २०६८ मा बढुवा भएका राना सबैभन्दा वरिष्ठ एआइजी हुन् ।
यसैबीच सर्वोच्चले मानवअधिकार उल्लङ्घनका घटनामा संलग्न पदाधिकारीलाई कारवाही गर्न स्पष्ट कानुनी मापदण्ड बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
