समाचारआइतबार, फाल्गुण ४, २०७०

नेम्बाङलाई अध्यक्षमा विजयी गराउन एमालेको आग्रह

हिमालखबर

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा ४ फागुनमा बसेको स्थायी समितिको बैठकले २६ माघमा नेपाली कांग्रेससँग भएको सातबुँदे सहमतिअनुसार अध्यक्षमा नेम्वाङलाई उम्मेदवार बनाइएको बैठकपछि अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।

दुई दलबीच भएको सातबुँदे सहमतिमा संविधानसभाको अध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो । यस्तै एमालेले आगामी नवौं महाधिवेशनका लागि यही १० फागुनमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

सरकारमा सहभागिताका सम्बन्धमा के निर्णय भयो भन्ने प्रश्नमा अध्यक्ष खनालले यसबारेमा थप निर्णय गरिरहनु नपर्ने र के गर्ने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताए ।

एमालेका सचिव विष्णु पौडेलले पनि सरकारमा सहभागिताका बारेमा बैठकमा कुनै छलफल नभएको बताए ।

गृहमन्त्रालय कसले लिने भन्ने विवादका कारण नेपाली कांग्रेसका सभापति सुशील कोइराला २७ माघमा प्रधानमन्त्री निर्वाचित भएपनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>