समाचारसोमबार, फाल्गुण ५, २०७०

जहाज दुर्घटनामा मृत्यु हुने सबैको शव राजधानी ल्याइयो

हिमालखबर

अर्घाखाँचीको ढिकुरा–८ स्थित मसिनेलेकमा ४ फागुनमा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको शव नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याइएको हो । सिम्रिक एयरको हेलिकोप्टरबाट सन्धिखर्कमा ल्याइएको दुर्घटनामा मृत्यु हुनेको शव सेनाको हेलिकोप्टरबाट ५ फागुन दिउँसो राजधानी ल्याइएको हो ।

राजधानी ल्याइएको शवको शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने छ । ४ फागुन मध्यान्हदेखि हराईरहेको नेपाल एयरलाईन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा ५ फागुन बिहान फेला परेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । जहाजमा चालक दलका सदस्य सहित १८ जना सवार थिए ।

जहाजमा को-को थिए
१. शंकर श्रेष्ठ (पाइलट, हेटौंडा)
२. रवीन्द्र बन्जारा (को-पाइलट)
३. मुना महर्जन (विमान परिचारिका, काठमाडौं)
४. मानव सेजुवाल (कांग्रेस जिल्ला सभापति जुम्ला )
५. गौरी कठायत (पत्रकार, जुम्ला)
६. टेकबहादुर महतरा
७. नन्दा महतरा
८. डी महतरा
९. वर्षा हमाल न्यौपाने
१०. उमा तामाङ
११. डा विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख)
१२. डीपी उपाध्याय
१३. राजेन्द्रप्रसाद देवकोटा (म्यानेजर, कृषि विकास बै‌क जुम्ला)
१४. दीपक श्रेष्ठ (नेपाली सेनाका मेजर)
१५. डि शाही
१६ आर चौलागाइँ
१७. एम म्याथिसेन (डेनमार्कका नागरिक)
१८. बालक (बर्षा हमालका छोरा दीपु न्यौपाने)

काठमाडौंबाट ४ फागुन दिउँसो जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज पोखरामा रिफ्युलिङ गरी १२:४३ मा उडेको र १:१३ बजेदेखि सम्पर्कविहिन भएको थियो ।
सन् १९७५ मा नेपालमा ल्याइएको क्यानाडेली ट्वीनअटर DHC6 विमान नेपालमा उड्ने जहाजहरुमा सबैभन्दा पूरानो हो । यद्दपी नेपालको पर्वतीय क्षेत्रमा उडान भर्न यो जहाज राम्रो मानिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>