समाचारसोमबार, फाल्गुण ५, २०७०

सरकारले जहाज दुर्घटनाबारे छानबिन गर्ने

हिमालखबर

जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको हो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानबिन समिति गठन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

समितिमा तारा एयरका वरिष्ठ चालक प्रभाकरप्रसाद घिमिरे, फिस्टेल एयरका वरिष्ठ एरोनटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ र सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । समितिले दुई महीनाभित्र प्रतिवेदन बुझाउने छ ।

गैर–सैनिक हवाई उडान दुर्घटना जाँच नियमहरू २०२४ को नियम १४ बमोजिम समिति गठन गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।समितिलाई हवाई सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>