समाचारसोमबार, फाल्गुण ५, २०७०
महान्यायाधिवक्तामा कुँवर
प्रधानमन्त्री सुशील कोइरालाको सिफारिशमा राष्ट्रपति रामवरण यादवले महान्यायाधिवक्तामा कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति यादवले ५ फागुनमा महान्यायाधिवक्तामा कुँवरलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका उपसचिव दामोदर सन्जेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तरिम संविधानको धारा १३४ को उपधारा(१) बमोजिम कुँवर महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । वि.सं. २०१७ मा अर्र्घाखाँचीको सन्धिखर्कमा जन्मिएका कुँवरलाई फौजदारी कानुन तथा व्यापार कानुनका विज्ञ मानिन्छ ।
उनले २०४५ सालदेखि कानुन व्यावसायीका रूपमा कार्य गर्दै आएका छन् । उनी डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।
रासस
