थप समाचारमंगलबार, फाल्गुण ६, २०७०

एमाओवादीले सभाध्यक्षमा उम्मेदवारी नदिने

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले आफ्नो तर्फबाट कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको हो ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको तर्फबाट उम्मेदवारी नदिने तर कसलाई सर्मथन गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलसँगको छलफलका आधारमा मात्रै निर्णय गरिने छ ।

नेपाली कांग्रेसको समर्थनमा पूर्व सभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको नेकपा एमालेले उनलाई मतदान गर्न आग्रह गरिसकेको छ ।

एमाओवादीको निर्णयपछि अध्यक्ष पदमा नेम्वाङ सर्वसम्मत निर्वाचित हुने  पक्का भएको छ । सभाध्यक्षको विषयमा सो निर्णय भए पनि उपाध्यक्षको पदमा भने के गर्ने भन्नेबारेमा हाल कुनै निर्णय गरिएको छैन ।

नेता श्रेष्ठका अनुसार थप निर्णयका लागि आजै संविधानसभा भवन नयाँ बानेश्वरमा प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गरेका अन्य दलहरुसँग छलफल गरिने छ ।

बहुमतीय प्रणालीबाट मतदान गर्न लागिए पनि नेम्वाङको बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>